पोखरामा जुवातास खेलिरहेको अवस्थामा ४ लाख बढी नगदसहित ७ जना प्रकाउ

पाेखरा | भदौ ७, २०८०

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ४ लाख बढी नगदसहित ७ जना प्रकाउ

पोखरा:   पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार  ८० रुपैयाँसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

 इन्द्रबहादुर हिराचनले संचालन गरेको होटलमा जुवातास खेल्दै गरेको अवस्थामा मुस्ताङको घोरपझोङ गाउँपालिका २ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, ५८ वर्षीय मोहन थकाली, ४६ वर्षीय नविन प्रसाद थकाली प्रकाउ परेका हुन् । 

 

यस्तै पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन र दलबहादुर हिराचनलाई प्रकाउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

प्रकाउ परेका जुवाडे माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्